मगरदाङ्गमा रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !

नयाँ ज्यालादर, खाद्यन्न र गेडागुडीको मूल्य निर्धारण

देवीस्थान । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा लागुपर्दा सेवन गर्न निषेध गरेको आमा समुहकी अध्यक्ष राजमति बुढाले बताउनुभयो । उहाँले गाउँभरिका पसलहरुमा सिसा, वियर तथा रक्सीका कुनैपनि आइटम लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको बताउनुभयो ।

मालिका गाँउपालिका – ५, मगरदाकी निवर्तमान वडा अध्यक्ष पीपला बुढापनि समाजका उन्नत विशेषताहरूको संरक्षण गर्दे विकृति र अडमिल्दा चरित्रहरू परिवर्तन गर्न समुहलाई सल्लाह दिनुहुन्छ । समाजका समस्या र विकृति तथा अवसर र खुबी पहिचान गरी विकृति नियन्त्रण गर्ने र खुबीअनुरूप अवसरको लाभ लिन नागरिकलाई सक्षम बनाउने भूमिका खेल्नु पर्ने उहाँको समुहलाई सझाव छ।

स्थानिय शिक्षक तथा समुहकी सविच सुनिता पुनले सभ्य समाज निमार्णको अभियान सबैको साझा भएको बताउनु भयो । उहाँले सकरात्मक समाज परिवर्तन आमा समुहले जुवातास खेल्न, मद्यपान तथा लागुपदार्थ सेवन विरुद्ध सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

‘हामीले समाजमा मद्यपान, जुवातास तथा लागुपर्दाथ सेवन गर्न निषेध गरेका छौँ । कसैले नियमविपरित कार्य गर्ने गराउने रक्सी खाएर समाजमा हो–हल्ला, झैझगडा तथा अशान्ती फैलाउने व्यक्तिलाई पहिलो पटक रु ५,००० , दोस्रो पटक रु १०,०००  र तेस्रो पटक १५,०००  जरिवाना सहित प्रहरी प्रशासनलाई जिम्मा लगाइने नियम बनाइएका छौं ,’ उहाँले भन्नु भयो । समुहले गाँउसभा बोलाएर सामाजिक नीतिहरूमा केही कडाइ गरको छ भने निरन्तररूपमा समुह र टोलटोलमा सेचतना कार्यक्रम , घरदैलो तथा नियमित सरसफाइ कार्यक्रम संचालन गरिरहेको छ ।

नयाँ ज्यालादर, खाद्यन्न र गेडागुडीको मूल्य निर्धारण

साथै समुहले खाद्यन्नको मूल्य निर्धारण तथा नयाँ ज्यालादर पनि तोकेको प्रेस नोट मार्फत जनाएको छ । समुहका अध्यक्ष राजमति बुढाथोकी पुन,सचिव सुनिता पाइजा पुन , कोषाध्यक्ष जुना घर्ती, देउताभिर युवा क्लबका अध्यक्ष दोरन फगामी र गाँउ सुधार समितीका अध्यक्ष कुमार फगामीले हस्ताक्षर गरेको नोटमा समुहले तोकेको समय, मूल्य तथा निषेधित कार्य गर्ने गराउन उस्काउने सबैलाई कानूनबमोजिम कारवाहीको लागि सिफारिस समेत जानकारीको लागि अनुरोध छ गरीएको छ ।समुहले तोकेको नयाँ ज्यालादर तथा खाद्यन्न र गेडागुडीको मूल्य तल उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार