‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन (भिडिओ सहित)

  म्याग्दी न्युज संवाददाता
kiran punko

बेनी । लोकप्रिय गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो ।

भिडिओ हेर्नुहोस्…

माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको युट्युव च्यानेल मार्फत सोमबार सार्वजनिक गरिएको छ । गितमा गायक पुनको शब्द÷संगित ,नवगायक नारायण पुन र अनु चौधरीको स्वर रहेको छ ।

भिडिओको म्युजिक एरेन्ज रमेश सेन्च्युरीले गर्नुभएको छ । मिस मगर्नी मिलन थापा ,शिशिर राम्जाली र पुर्ण घर्तीको अभिनय रहेको उक्त म्युजिक भिडिओको छायाँकन हिमाल पारिको जिल्ला मुस्ताङका विभिन्न ठाउँमा गरिएको हो । गितका बारेमा बोल्दै पुनले माया प्रेममा आधारित गित भावुक र रोमान्तिक भएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार