मावि स्तरीय हाजिरी जवाफमा सिद्धार्थ मावि र आधारभुत स्तरीय चित्रकलामा केवी एकेडेमी प्रथम (तस्बिरहरु सहित)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित च्युरिबोट सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र सिद्धार्थ माविको व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको हो ।

प्रतियोगितामा जनप्रिय मावि द्धितिय,भिम मावि तृतिय र किसानी मावि सान्त्वना भएको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । उहाँका अनुुुसार ,प्रतियोगितामा प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश ः १० हजार ,७ हजार ,५ हजार र तीन हजार नगद सहित प्रमाणपत्र प्राप्त गरको छन् ।

हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । यसैगरी आधारभुत तह स्तरीय चित्रकला प्रतियोगितामा केवी एकेडेमी बोर्डिङ स्कुलका रिजन पुन प्रथम हुनुभएको छ । भने गौवमबस्त माविकी कन्चन फगामी द्धितिय ,किसानी माविकी सोनिया जुग्जाली तृतिय र राष्ट्रिय माविकी टिका पुन सान्त्वना हुनुभएको छ । चित्रकलामा प्रतियोगितामा प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना हुने विद्यार्थीले क्रमश ः ५ हजार ,३५ सय ,२५ सय र १५ सय रुपैयाँ सहित प्रमाणपत्र हात पारेका छन् । चित्रकला प्रतियोगितामा १९ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले शैक्षिक अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा पहिचान संगैे शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै उहाँले सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

शिक्षा अधिकृत रिजालको अध्यक्षता ,सिद्धार्थ माविका शिक्षक छकप्रसाद घर्ती र गाउँपालिका लेखा प्रमुख सागर पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष भेजेन्द्रमान पुन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन लगायतले बोल्नुभएको थियो । गाउँपालिका अध्यक्ष गर्बुजा ,शिक्षा अधिकृत रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा शिक्षा प्राविधिक सहायक सुन्दर खत्री र सुचना प्रविधि अधिकृत विजय सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार