नेपाल मगर संघ मालिका गाउँपालिका अध्यक्षमा विरेन्द्र पुन चयन

  म्याग्दी न्युज संवाददाता

दरबाङ । नेपाल मगर संघ,मालिका गाउँपालिका अध्यक्षमा विरेन्द्र पुन मगर चयन हुनुभएको छ । शुक्रबार जिल्लाको मालिका गाउँपालिका–६,दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न प्रथम अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर रोका मगर ,सचिवमा श्रुमन गर्बुजा ,सहसचिवमा खिम पुन र कोषाध्यक्षमा सर्मिला पुन चयन हुनुभएको मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार,सदस्यहरुमा प्रेमबहादुर जुग्जाली ,केशरमान पुन,मिना पुन ,रुपना जुग्जाली ,पविना रोका ,किसु पुन ,रेखा पुर्जा ,रमिता थापा पुन ,देवि रोका ,सुनिता थापा र सिमा रोका मगर रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मगर समुदायको कला ,संस्कृती जातीय पहिचान मात्र नभई देशकै गहना भएकोले यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले देशका हरेक ठुला परिवर्तनमा मगर समुदायको ठुलो योगदान रहेको उल्लेख गर्दै लोपोन्मुख मगर भाषा पुर्नत्थानको लागि मगर संघले पहल गर्न आग्रह गर्नुभयो । उहाँले कला संस्कृतीको संरक्षण र प्रवद्र्धन संगै मगर समुदायको भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मगर समुदायको बाहुल्यता भएपनि राजनितिक ,प्रशासनिक लगायत क्षेत्रमा भने प्रतिनिधित्व कमजोर भएको बताउनुभयो । कार्यक्रममा मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकेश पुनले मालिकामा छरिएर रहेका मगर समुदायलाई एकताबद्ध बनाउन नयाँ कार्यसमितिले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

मगर संघ नितान्त मगर जातिको हकअधिकारको लागि आवाज उठाउने ,कलासंस्कृतीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले स्थापना भएको उल्लेख गर्नुभयो । अनिल राम्जाली रोका मगरको अध्यक्षता, सचिव श्रुमन गर्बुजाले संचालन गर्नुभएको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बुढा ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन , उपध्यक्ष खम थापा मगर , सचिव हिराबहादुर पुन ,कार्यपालिका सदस्य छरदेवी घर्ती लगायतले बोल्नुभएको थियो । कार्यक्रममा खिमबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम उद्घाटनको पुर्वसन्ध्यामा ¥यालीले दरबाङ बजार परिक्रममा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार