रेडक्रस बेनी उपशाखाको सभापतिमा ज्ञान गिरी चयन

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखाको २० औं साधारणसभाबाट ज्ञान गिरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको बेनी नगरपालिका वडा नं ७ र ८ को रेडक्रसकर्मीको भेलाबाट उपसभापति साधना कुमारी श्रेष्ठ,सचिव मनोज पौडेल,कोषाध्याक्ष रुद्रप्रसाद शर्मा,उप सचिव रेखाकौशल रेग्मी,उप कोषाध्याक्ष प्रमिला जोशी श्रेष्ठलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा दल प्रसाद श्रेष्ठ,मिना राम्जाली,बिष्णुप्रसाद गौतम, शुन्दरमान शेरचन,सोहन श्रेष्ठ रहेका छन् ।

अधिवेशनको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष अमर बानियाँले सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको रेडक्रस सोसाईटीका उपशाखाको भूमिका र सक्रियताले संस्थाको गरीमा उच्च भएको बताए । अधिवेशनको अवसरमा बि.स २०६० सालमा म्याग्दी आक्रमणमा घाईते हुनुभएका कृष्णप्रसाद श्रेष्ठ र बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा विशिष्ट सदस्य जिवनकुमार विश्वकर्मा, पूर्व सभापति विनोदकुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निर्वाचन समितिका सदस्य दिपेन्द्र श्रेष्ठले मन्तब्य राखेका थिए । निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यलाई नेपाल रेडक्रस सोसाईटी बेनीका उपसभापति एवम् निर्वाचन अधिकृत काशिराम रेग्मीले सपथग्रहण सहित प्रमाणपत्र वितरण गरेका थिए । अधिवेशनको अध्यक्षता मुक्ति ढुंगाना, स्वागत साधनाकुमारी श्रेष्ठ र सञ्चालन हृदयकुमार श्रेष्ठले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार