धौलागिरि बेश क्याम्पमा हेलिकप्टर आकस्मिक अवतरण

  म्याग्दी न्युज संवाददाता

बेनी । धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार विहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो ।

‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।हेलिएयरको एनएन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारी र गाइड पासाङ हुनुन्थ्यो ।‘सो उडानमा पाइलट र गाइड गरी दुई जना रहेको साथै उहाँहरुको अर्को हेलिकप्टरद्धारा उद्धार गरी पोखरा लगिसकिएको छ र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भन्ने जानकारी प्राप्त भएको छ ,’प्रजिअ पौडेलले भन्नुभयो । दुर्घटना भएको हेलिकप्टर कोल्टे परेकोको अवस्थामा फेला परकोे हो । विश्वको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्दछ । आइतबार विहान ११ बजेर ११ मिनेटमा सम्पर्क विहिन भएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार