सानिमा रिलायन्सले ग¥यो १६ लाख भुक्तानी

बेनी । हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँमा पुगेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दावि रकम भुक्तानी गरेको छ ।मंगला गाउँपालिका–१,कुहुँकी यामकुमारी खत्रीले साबिकको रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७६ मा १५ लाखको बिमा गर्नुभएको थियो ।

उहाँको गत वर्ष असोज ३० गते मृत्यु भएकोले उहाँका श्रीमान गोविन्द खत्रीलाई मृत्युदावी रकम भुक्तानी गरिएको सानिमा रिलायन्स लाइफइन्स्योरेन्सका बेनी शाखा प्रमुख मुक्ती पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभिएर सानिमा रिलायन्स लाइफइन्स्योरेन्स बनेको हो र सोही कम्पनिले मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो ।

दावी रकम सानिमा रिलायन्सका बागलुङ एरिया म्यानेजर बलराम कँडेल, मंगला गाउँपालिकाका वडा न–१ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता एकजित रोकाले संयुक्त रुपमा १६ लाख ३५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । मृतक यामकुमारीले १५ लाख बिमाङ्क रकमको २० वर्षे जीवन बिमा गर्नुभएकोमा उहाँले तीन किस्ता गरेर दुई लाख २४ हजार तीन सय ८५ रुपियाँ मात्रै भुक्तानी गर्नुभएको भए पनि जीवन क्षती भएकोले १६ लाख ३५ हजार रुपियाँ मृतकको इच्छाईएका व्यक्ती उहाँका श्रीमानलाई हस्तान्तरण गरीएको एरिया म्यानेजर कँडेलको भनाई थियो ।कार्यक्रममा वडा अध्यक्ष एकजित रोकाले बिमा निरन्तर बचत गर्ने कार्य हो र यसले आफूलाई नै सुरक्षित गर्ने बताउनुभएको थियो । क्षती नभए पछि फिर्ता आउँछ क्षती भएको खण्डमा परिवारलाई सहयोग हुने भएकाले बिमा क्षेत्र राम्रो हो–रोकाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार