जन्मदिनमा व्यवसायी श्रेष्ठद्वारा विरामी र बालबालिकालाई सहयोग

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, संगमचोक स्थित व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।

फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१, बेगखोला घर भई हाल बेनी नगरपालिका–८, शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि  दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा  पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि  पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।  त्यसैगरी घाटिको खाने नलिमा क्यान्सर भई पोखरा जेएमसी अस्पतालमा उपचाररत बेनी नगरपालिका–६, जमुनाखर्ककी देवी कुमारी शाहीलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार