जन्मदिनमा पत्रकार गर्बुजाद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । विहिबार जन्मदिनको अवसरमा एक कार्यक्रमका विच गर्बुजाले शान्ति कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम शान्ति कोषका अध्यक्ष हरिकृष्ण गौतम र प्रथम उपाध्यक्ष खम थापा मगरलाई हस्तान्तरण गर्नुभयो । सोही सहयोग संगै गर्बुजाले शान्ति कोषको आजिवन सदस्यता समेत लिनुभएको छ । अध्यक्ष गौतमले जन्मदिनको शुभकामना व्यक्त गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शान्ति कोषमा संकलन भएको सहयोग रकम गरिब तथा विपन्न परिवारका विरामीलाई सहयोग गर्दै आइरहेको बताउँनुभयो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर गरिब परिवारका विरामीको उपचारका सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । मालिका प्रेस साप्ताहिकका प्रवन्ध निर्देशक ,म्याग्दी न्युज डटकममा आवद्ध गर्बुजा प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार