पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
वैशाख १४ गते मात्र पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ । रातोपाटीबाट