रुप्से झरनामा एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ,स्थित पर्यटकीय स्थल रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ ,चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार, ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भिर घाईते भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवार सहित मुस्ताङ जाने क्रममा बेनी–जोमसोम सडक अन्तरगत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारीले टेकेको ढुङ्गाबाट चिप्लिएर खस्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार