गणतन्त्र दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा केवि एकेडेमी विजयी

  ध्रुवसागर शर्मा

दरबाङ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई दुईको विरुद्ध पाँच गोल गरि उपाधी जित्न सफल भएको हो ।

प्रतियोगितामा विजयी विद्यालयलाई रु २० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । यसैगरी उपविजेता बनेको हेम माविलाई रु १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा के.वि एकेडेमीमा सञ्जोक रोका उत्कृष्ट गोल रक्षक, हेम मावि सिवाङका विपिन पुनलाई सर्वाधिक गोलकर्ता घोषित गर्दै मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल विमल शर्मा र संचालक निर्देशक हिरा पुनले पुरस्कार वितरण गर्दै गणतन्त्रले प्रदान गरेको स्वतन्त्रता र अधिकारलाई उपयोग गर्दै आफ्नो क्षमता र प्रतिभा प्रर्दशनका लागि खेलकुद सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

के.वि एकेडेमी विद्यालयले राष्ट्रिय दिवस र स्थानीय तथा राष्ट्रिय सांस्कृतिक र धार्मिक चाडपर्व लगाएत विभिन्न अवसरहरुमा विविध प्रतियोगिताहरु आयोजना गर्ने गरेको बताउँदै यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको प्रतिभा र क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम समापनको अवसरमा विद्यालयका संचालक एवम् निर्देशक हिरा पुनले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले समय समय प्रतियोगिताहरु आयोजना गर्ने र त्यसका लागि आफ्नो तर्फबाट पूरा पूरा सहयोग हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार