विविध कार्यक्रम सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीले मनायो स्थापना दिवस

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,जिल्ला समिति म्याग्दीको आयोजनामा आइतबार स्थापना दिवसमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण, नसर्ने रोग सम्बन्धि स्क्रिनिङ र विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरि मनाइएको हो ।

स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीकी अध्यक्ष सुमित्रा थजालीका अनुसार ,बेनी अस्पतालमा भर्ना भएका ३५ जना विरामीलाई फलफुल वितरण गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालकी केन्द्रिय सदस्य सविना चोखालको उपपस्थितीमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो ।अन्नपुर्ण गाउँपालिका समितिको आयोजनामा वडा नम्बर ५,शिख स्थित शिख माविमा अध्ययनरत कक्षा ८ देखि ११ सम्मका विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

त्यस्तै मालिका गाउँपालिका समितिको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६,दरबाङ स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ शिविर सञ्चान गरिएको छ । ७७ जनाले सेवा लिएको शिविरमा ४१ जनामा मोटोपना,१६ जनामा उच्च रत्तचाप र ५ जनामा सुगर अर्थात मधुमेह रोग पहिचान भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार