छात्र भलिबलको उपाधि केवि एकेडेमीलाई

  धु्रवसागर शर्मा

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका –७, बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले जनकल्याण मावि पुलाचौरलाई पराजित गर्दै प्रथम हुन सफल भएको हो ।

त्यसैगरी शिक्षक भलिवल प्रतियोगितामा शिशुकल्याण मावि अर्मन प्रथम हुन सफल भएको छ । शिक्षक भलिबल प्रतियोगितामा बाबियाचौर स्थित डनिङ बोर्डिङ स्कुल उपविजेता बनेको छ । छात्र भलिवल प्रतियोगितामा १६ विद्यालयका शिक्षकहरुको प्रतिष्पर्धा भएको थियो ।त्यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बेनी नगरपालिका- ४, तातोपानी प्रथम र शिवाङ द्धितीय हुन सफल भएका छन् ।छात्र भलिबल प्रतियोगितामा प्रथम हुने के वि एकेडेमीले नगद रु ६० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने जनकल्याण मावि पुलाचौरले नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी शिक्षक भलिवल तर्फ प्रथम हुने शिशुकल्याण मावि अर्मनले नगद रु २५ हजार र उपविजेता बनेको डनिङ बोर्डिङ स्कुल बाबियाचौरले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक किसान प्राविधिक शिक्षालयका भलिबल खेल संयोजक प्रेम जुग्जालीले जानकारी दिनुभयो ।त्यसैगरी खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथम हुन सफल बेनी नगरपालिका -४, तातोपानीले एउटा खसी सहित नगद रु ५ हजार र द्धितीय भएको शिवाङले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार