रुममा निशूल्क दन्त शिविर

  म्याग्दी न्युज संवाददाता

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–२, रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो ।

निशूल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत माझ्ने तरिका सिकाएको र दन्त स्वास्थ्य सम्बन्धी परामर्श दिइएको थियो । डेन्टल हाइजिनिष्ट प्रेमबहादुर पुनले सेवा दिनुभएको थियो ।शिविर सञ्चालनका लागि भएको ८० हजार रुपैयाँ बराबरको खर्च क्लवका अध्यक्ष तथा शुशिल फार्मेसी दरवाङका सञ्चालक थम्मन गौतमले ब्यहोर्नुभएको क्लवले जनाएको छ ।मालिका गाउँपालिका–२, का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र राष्ट्रिय माविका प्रअ प्रेमबहादुर घर्तिको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका उपाध्यक्ष प्रेमलाल कडेल (सदन) र स्वागत कोषाध्यक्ष नन्दप्रसाद निउरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार