हक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

दरबाङ । करेन्ट लागेर म्याग्दीको मालिका गाउँपालिका–५,रुन्मा स्थित हक्लाङडाडामा एक जनाको ज्यान गएको छ । सोमबार बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ ,का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक किरण लामाका अनुसार उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका थिए । तामाङ करेन्ट लागेर पोलबाट करिब ६ फिट तल खस्दा छाती र खुट्टामा पोलेर बेहोस हुनुभएको थियो । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार