हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा म‌गलबार उद्दार गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सम्झना कार्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेपछि केसीले छोरी जन्माउनु भएको जानकारी दिनुभयो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार विहान ६ बजे मराङ स्वास्थ्य चौकी पुग्नुभएकी दिनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि प्रदेश सरकारको समन्वयमा हेलिकप्टर मगाएर पोखरा लगिएको स्वाथ्य शाखा संयोजक कार्कीको भनाइ छ ।

प्रभु एयरको हेलिकप्टर मार्फत दिनालाई पोखरा लगिएको थियो । गण्डकी प्रदेश सरकारको गर्भवति र सुत्केरीको हेलि उद्दार कार्यक्रम प्रभावकारी बनेको छ । दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवति र सुत्केरीलाई तत्कालै उद्दार गरेर अस्पताल पु¥याइ आमा र बच्चाको ज्यान बचाउन सहयोग मिलेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार