मालिका प्रेस साप्ताहिक पत्रिका दोस्रो वर्षमा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङबाट प्रकाशन हुँदै आइरहेको मालिका प्रेस साप्ताहिक पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष  ३१ साउन २०७९ देखि पत्रिकाले आफ्नो प्रकाशन शुभारम्भ गरेको थियो । विश्वभर फैलिएको कोरोना महामारी ,लकडाउन र आर्थिक संकटका बाबजुद पनि पत्रिका नियमित रुपमा प्रकाशित भई पहिलो वर्ष सफलतापुर्वक पार गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।

प्रकाशक साधन घर्ती (राम्जाली)ले वार्षिकोत्सवको अवसरमा पाठकवर्ग,समाचारदाता,पत्रकार ,सुचना÷विज्ञापन उपलब्ध गराइ सहयोग गर्ने विज्ञापनदाता, स्थानीय तह ,सरकारी तथा गैरसरकारी कार्यालय ,संघसंस्था ,उद्योगी व्यापारीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । वार्षिकोत्सवको अवसरमा पत्रिकाले शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का ,निवर्तमान अध्यक्ष तारानाथ शर्मा ,वर्तमान उपाध्यक्ष हरिकृष्ण गौतम ,सचिव सन्तोष गौतम लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनमा पनि पत्रिकाले समाजको सत्यतथ्य खोज गरी पत्रिकालाई थप परिस्कृत गर्दै लैजाने प्रवन्ध निर्देशक धनिलाल गर्बुजाले प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार