मोना जापानको अध्यक्षमा विशाल केसी चयन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीबाट जापानमा  विभिन्न पेशा/व्यवसायमा आवद्ध रहनु भयका म्याग्देलीहरुको साझा संस्था मोना जापानको नयाँ कार्यसमिति चयन भएको छ । आईताबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन, उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल र महासचिबमा सागर कार्की चयन हुनुभएको छ ।

सचिबमा रेखा केसी, क्षेत्रिय सचिबमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा सुरेश पुन र प्रवक्तामा कमल बानियाँ चयन हुनुभएको छ । महिला संयोजकमा कबिता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल, पालिका संयोजकमा सुरेन्द्र सुनार चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्वुजा, दिपक सुवेदी, आश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ, सुवास खत्री लगायत रहनुभएको छ ।

अधिवेशनको मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले उद्घाटन गर्नुभएको थियो । उहाँले मोनाले प्रवासी म्याग्देलीहरुको सकार्य, एकता र समन्वयमा रचनात्मक सामाजिक कार्यहरु गरेको बताउँदै आगामी दिनमा यसलाई थप व्यवस्थित र फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार