दुखुबेशीमा निशुल्क दन्त शिविर

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चालक सरोज घर्ती मगरले बताउनुभयो ।

शिविरमा दन्तरोग विशेषज्ञ डा.चुडामनी सापकोटाले सेवा दिनुभएको थियो । उक्त पोलिक्लिनिकले यसअघि पनि विद्यालयमा समेत दन्त शिविरको सञ्चालन गरी सहयोग गरेको थियो । क्लब अध्यक्ष योगेन्द्र रोका र संरक्षक अनिल रोका मगरले शिविरले विभिन्न कारण अस्पताल जान नसकेका दन्त रोगीलाई ठुलो राहत पुगेको बताउनुभयो । कार्यक्रममा डा सापकोटाले दात दुख्यो भन्दैमा तत्काल नउखेल्न सुझाव दिनुभयो ।

उहाँले अन्य विभिन्न कारणले पनि दात दुखेको हुन सक्ने र उखेल्नु मात्र समस्याको समाधान नभएको उहाँको भनाइ छ । अस्पताल जान नसकेका दुर्गम वस्तीका दन्त रोगका विरामीलाई सेवा दिने उद्धेश्यले आफुहरुले क्लबसंगको सहकार्यमा शिविर सञ्चालन गरिएको सञ्चालक अभिषेक जिसीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार