पहिरोले पुरिएर बेलीमा एकजनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर  फुल्वाङका  ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले मृत बिकको शव बाहिर निकालेका हुन् । प्रहरी टोली पनि घटना स्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार