महभिरको ओडारबोटमा पहिरोले दुई घर पुरिए,१६ घर जोखिममा

  म्याग्दी न्युज संवाददाता

बेनी । बुधबार विहान राती वस्ती माथिबाट खसेको पहिरोले जिल्लाको मालिका गाउँपालिका–४,महभिर स्थित ओडारबोटका दुई घर पुरिएकाे  छ। २ बजे वस्ती माथिको सिद्धथान भिरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो ।

भारी वर्षा संगै खसेको पहिरोले कालेकामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पु¥याएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार,पहिरोले मानवीय क्षती भने भएको छैन । पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् । विस्थापित कामी र घर्तीको परिवार आफन्तकोमा सरण लिएर बस्नुभएको छ ।

वडा सदस्य गुरुङ सहित गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायत जनप्रतिनिधि टोली र ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले स्थलगत निरिक्षण गरेको छ । पहिरोले करिब १० लाख रुपैयाँ बराबरको आर्थिक क्षती पु¥याएको वडा सदस्य गुरुङले बताउनुभयो । कमजोर र भिरालो भुगोलका कारण पहिरो गएको स्थानीयबासीको भनाइ छ । पहिरोले सोही वस्तीका करिब १६ घर समेत जोखिममा परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार