चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बेनी–दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखि ग्रामिण जोड्ने सडक मर्मतसम्भार गर्न कार्यालय प्रमुख विष्णुप्रसाद पौडेललाई निर्देशन दिनुभयो ।

‘चाडपर्वलाई लक्षित गरी निर्माणको क्रममा र बाढीपहिरोले विग्रिएका सडक मर्मतसम्भार गरी आवतजावतमा सहज बनाउनुहोला ,’ सांसद गर्बुजाले भन्नुभयो । कार्यालय प्रमुख पौडेलले चावपर्व अघि नै जिल्लाका मुख्य सडक मर्मत सम्भार गरिने प्रतिवद्धता जनाउनुभयाे । धवलागिरी ,मालिका ,मंगला गाउँपालिकालाई सदरमुकाम बेनी संग जोड्ने बेनी–दरबाङ सडकलाई म्याग्दीको लाइफलाइन मानिएको छ ।बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेत पहिरो विकल्पमा मंगला गाउँपालिकाको वडा नम्बर ३ लुलियाघाट र वडा नम्बर २ स्थित सिमलचौर जोड्ने म्याग्दी नदि माथि बेलीब्रिज निर्माण तथा वैकल्पिक सडक निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको सांसद गर्बुजाले बताउनुभयो ।

निरिक्षणमा सांसद गर्बुजा सहित कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी ,सचिव भरत रकाल ,सहसचिव श्रीराम पौड्याल ,धवलागिरी गाउँपालिकाअ अध्यक्ष प्रेमप्रसाद पुन ,मालिका गाउँपालिका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार