बाँदुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन

म्याग्दी । बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र स्थानीयबासीको श्रमदानमा गत आर्थिक वर्ष २०७९÷८० मा खेलमैदान ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्जाले बताउनुभयो ।

पुननिर्माण भएको खेलमैदानको गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले दियोमा बत्ति तथा पुर्व सांसद बिनोद केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बास्केटबलको दुई वटा फाइवर बोर्ड स्थापना गर्न बादुक घर भई हाल सिंगापुर प्रहरीमा कार्यरत मिथुन शेरपुञ्जाको नेतृत्वमा रु. चार लाख २६ हजार चन्दा संकलन भएको थियो ।

फाइबर बोर्डको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शिलालेख अनावरण र चन्दा संकलनमा अगुवाई गरेका शेरपुञ्जाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । बादुकमा यसअघि निर्माण भएको खेलमैदान पहिरोले पुरिएको र विद्यालय परिसरको खेलमैदान जिर्ण भएपछि ढलान गर्न स्थानीयबासीको अनुरोधमा पुर्व सांसद केसीको सिफारिसमा गत आर्थिक वर्षमा बजेट बिनियोजन भएको थियो ।

अहिले ढलान भएको खेलमैदानको लम्बाई र चौडाई मापदण्ड नपुग्ने तथा दर्शक बसेर खेल अवलोकन गर्ने प्याराफिट बनाउन आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्जाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार