च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

  म्याग्दी न्युज संवाददाता

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सुरु भएको छ । परिवर्तन युवा क्लबको पहिलो वार्षिकोत्सव ,शुभदिपावलीको अवसरमा आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो ।

उहाँले गाउँ-गाउँमा सञ्चालन हुने मेला  खेलकुद प्रतियोगितालाई व्यवस्थित,स्तरीय र व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।‘खेल गाउँबस्ती ,जिल्ला र देशलाई नै चिनाउने एउटा चिनारी होे । खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनको लागि गाउँपालिकाले सक्दो सहयोग र पहल गर्छ,’उहाँले भन्नुभयो,‘युवाहरु अनुशासित र सिर्जनात्मक हुन सकेमा मात्र गाउँसमाज परिवर्तन गर्न सकिन्छ ।’

खेलकुदक्षेत्रको विकास र खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिताले मदत पु¥याउनेमा विश्वास व्यक्त गर्दै वडा अध्यक्ष भेजेन्द्रमान पुनले सभ्य र शान्तिपुर्ण रुपमा सफल बनाउन वडा र आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष पुनले प्रतियोगितालाई तीस हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले गाउँमा सञ्चालित प्रतियोगिताले खेलक्षेत्रको विकास गर्नमा मदत पुग्ने बताउनुभयो ।

क्लबको आयोजना ,समाजसेवी जीवन पुन मगरको आर्थिक सहयोग र भलिबल संघको सहकार्यमा दश दिन सम्म सञ्चालित भलिबल प्रशिक्षणको मुख्य प्रशिक्षक समेत रहनुभएका बानियाँले गाउँमा लुकेर रहेका प्रतिभा पहिचान गर्नमा समेत सहयोग पुगेको बताउनुभयो । प्रशिक्षणका क्रममा पहिचान भएका प्रतिभावान युवाहरुलाई म्याग्दी जिल्ला भलिबल संघले प्राथमिकता दिएर प्रोत्साहन र प्रवद्र्धन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

क्लब अध्यक्ष थमबहादुर घर्ती मगर (थमप्रकाश)ले खेलकुद क्षेत्रको प्रवद्र्धन,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लबका पुर्वसचिव छकप्रसाद राम्जाली (छवी)ले सञ्चालन गर्नुभएको कार्यक्रममा दाजुखोला लघुजलविद्युतका अध्यक्ष जगबहादुर घर्ती मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोमबारदेखि पुरुष भलिबल खेल सञ्चालन क्लब सचिव मदन पुनले जानकारी दिनुभयो । प्रौढ ,महिला भलिबल र तारो खेल लगायत प्रतियोगिताहरु संचालन हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार