मलेसियामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको आयोजनामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फेब्रुरअरी १० र ११ गते प्रतियोगिता सञ्चालन हुनेछ ।चिना नयाँ वर्षको अवसरमा सञ्चालन हुने प्रतियोगिता शाहा आल्लम सेक्सन २७ मा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने संस्थाका महासचिव केश बहादुर रोका मगरले जनाकारी दिनुभयो ।

उहाँका अनुसार ,भलिबलमा प्रथम र द्धितिय हुने टिमले क्रमश ः आरएम तीन हजार १११ र दुई हजार १११ सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी तृतिय हुने टिमले आरएम एक हजार १११ सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै सोही अवसरमा संचालन हुने घैटो फोर विजेताले आरएम दुई सय ५० सहित मेडल र प्रमाणपत्र पाउनेछन् । भलिबल खेल टिटि सिस्टम अनुसार खेलाइने आयोजकले जनाएको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोका मगरले खेलकुद मार्फत मलेसियामा रहेका नेपालीहरुविचमा भाइचाराको सम्बन्ध स्थापित गर्न ,खेलकुदको प्रवद्र्धन र खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिताले मदत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार