बरंजाबाट बेनी आउँदै गरेको बोलेरो जीप डम्मरामा दुर्घटना हुँदा ५ जना घाइते

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको बोलेरो जीप बेनी नगरपालिका– ६,स्थित डम्मरामा दुर्घटना भएको छ । दुर्घटना परि चालक सहित ५ जना घाईते भएका छन । सोमबार दिउसो सवा १२ बजेको समयमा ग १ ज ८०४२ नम्बर उक्त बोलेरो जीप बेनी दरवाङ सडकबाट करिव १ सय मिटर तल खसेको थियो ।

दुर्घटना परि घाईते हुनेहरुमा मंगला ३ बरंजा निवासी जीपका चालक समेत रहेका जीप धनि कर्ण बहादुर रोका, मंगला ३ का २४ वर्षिय इन्द्र तुलाचन, बेनी नगरपालिका ७ का प्रकाश बानियाँ, मंगला ३ का शेर बहादुर दमाई र मंगला ४ की मन कुमारी रोका रहेका छन । घाईतेहरुको हात, खुट्टा, टाउको, छाती लगायतका अंगमा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक कुमार झा को नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीयबासीहरुले घाइेतको उद्धार गरेका थिए । घाईतेहरुलाई उपचारका लागि बेनी अस्पताल ल्याईएको र अवस्था खतरामुक्त रहेको बेनी अस्पतालको मेडिकल अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिनुभयो ।घटना स्थल चुत्रेनी र डम्मराको विचमा पर्दछ । बेनी दरवाङ सडकबाट खसेको जीप पाखामा अड्किएको अवस्थामा रहेको छ । पानी पर्दा पिच सडक चिप्लो भएको र घुम्ती मोड्ने क्रममा स्ट्रिङ फेल भई अनियन्त्रित भएर जीप खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार