गोली लागेर छियाछिया परेको विजुलीको पोल काठमाडौंबाट म्याग्दी ल्याइँदैं

  म्याग्दी न्युज संवाददाता

बेनी । तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ।
बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो ।

भिडन्तकाबेला क्रसफायरमा परि छियाछिया भएको विजुलीको उक्त विद्युतीय पोल ०६३ सालमा ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका पुर्‍याएर सुरक्षित गरेको थियो ।पाटनढोकामा रहेको यलमाया केन्द्रमा पोल राखिएको थियो। शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए।

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो ।उहाँले ट्विट गर्दै लेख्नुभएको छ । ‘द्वन्दकालको अवशेष ‘बेनीको खम्बा’ को बेनी पुनरागमन हुँदै छ आज। संरक्षण र प्रदर्शन योजनाको लागि बेनी नगरपालिकालाई धन्यवाद।२१ आसोज २०६७ देखि १३ वर्ष सुरक्षित राखिदिएकोमा मदन पुरस्कार पुस्तकालय र यलमाया केन्द्रका सहयोगीहरुलाई पनि ।’

उक्त फिर्ता ल्याउन लागिएको विजुलीको पोललाई वडा नम्बर ७मा बन्न लागेको शान्ति पार्कमा ०६० चैत ७ गते विद्रोही र नेपाली सेना विच भिडिन्त भएकै स्थानमा राखिने भएको छ ।उहाँले पोल पाटनढोका परिसरबाट बेनी बजार लैजाने व्यवस्था मिलाउन पनि पत्रमा आग्रह गर्नुभएको थियो। म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दै आएका थिए।

२०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा धेरै क्षति भएको वडा नम्बर ७ मा शान्ति पार्क बनाउने तयारी छ। सो पार्कमा पोल सुरक्षित राख्ने निर्णय भएपछि पुस्तकालयले पोल बेनी नै फिर्ता गर्न लागेको हो। बेनी नगरपालिका प्रमुख सुरत केसीका अनुसार ,विहिबार साँझ उक्त पोल बेनी ल्याइपु¥याइने भएको छ । ‘लामो समयको प्रयास र पहलपछि पोल आज राति बेनी ल्याइ–पु¥याइने भएको छ ,’ उहाँले भन्नुभयो । बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त भएको थियो। भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधरणको मृत्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार