बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भन्दा बढी भेटि संकलन

गलेश्वर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया गर्बुजाले जानकारी दिनुभयो ।

गलेश्वरमा लाग्ने मेला पर्वको अवसरमा एकै दिनमा संकलन भएको भेटिमध्ये यसपालीको बालाचतुर्दशीमा संकलन भएको रकम अहिल्यसम्मकै धेरै रहेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट ५० हजार भन्दा बढी भक्तजनाहरु आउनुभएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा बालाचतुर्दशी पर्वका दिन पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार