नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ ।प्रकाश माविले २२ स्वर्ण, ५ रजत सहित २७ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र  जित्न सफल भएको हो ।

यसैगरी न्यू वेष्ट प्वाइन्ट आवाशीय मावि बेनीले ५ स्वर्ण,१० रजत र २ कास्य पदक सहित १७ पदक जितेर द्धितीय भयो । माउण्ट आवाशीय माविले बेनीले २ स्वर्ण १ रजत र २ कास्य पदक जितेर तृतीय भयो ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने विजेता विद्यालयहरुलाई नगरप्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने र सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसी लगायतले क्रमशः ५१ हजार,४० हजार र ३० हजार रुपियाँ पुरस्कारका साथै रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नगर स्तरीय प्रतियोगिताबाट छनौंट भएका विद्यार्थी खेलाडीहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्ने अवसर मिल्ने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले  विद्यालय स्तरमा खेल प्रतिभाको प्रस्फुटनका लागि प्रतियोगिता सफल भएको बताउनुभयो ।

प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्यामा विदार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार