म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको माघेसङक्रान्ति मेला शुरु

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । म्याग्दीमा पुर्खेउली घर भै काठमाडौं उपत्याका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर समाज काठमाण्डौं उपत्याको आयोजनामा ललितपुरको एकान्ताकुनास्थित् बागडोलमा माघे संक्रान्ति मेला शनिबार देखि शुरु भएको छ ।

मगरहरुको महान चार्ड मानिने माघे संक्रान्तिको अवसरमा आयोजना भएको उक्त मेला माघ ६ गते सम्म सञ्चालन हुने छ । मेलाको उद्घाटनगर्दै म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर)ले मगर जातिले माघे संक्रान्तिलाई महान पर्वको रुपमा लिने गरेको बताउँदै सबैलाई यस पर्वको शुभकामना दिनुभएको थियो ।

प्रतिनिधि सभा सदस्य गर्बुजाले आफु निर्वाचित भएको एक बर्ष मात्रै भएको र अझै ४ बर्ष कार्यकाल बाँकी नै रहेको बताउँदै म्याग्दी जिल्ला भित्र गौरबका आयोजना भित्र्याउन पहल गर्दै आएको बताउनु भयो । उहाँले गफ भन्दा पनि बढी काम गर्नु आजको आवस्यकता रहेको औंल्याउँदै आफुले आफ्नो क्षमताले भ्याए सम्म जिल्लाको बिकाश निर्माणको कार्य र निति निर्माण तहमा बलियो उपस्थिती हुने गरी काम गरि राखेको बताउँदै आगामि दिनमा अझै धेरै काम इमान्दारीताका साथ गर्ने बताउनुभयो ।


शनिबार देखि शुरु भएको उक्त मेला ८ दिन सम्म सञ्चालन हुने छ । मेलामा खुल्ला भलिवल, बास्केटबल, तारो खेल, महिला र पुरुष छेलो, अन्दनीशान, म्युजिकल चिएर लगाएतका खेलकुद कार्यक्रमहरु आयोजना गरीएको छ । त्यसैगरी मेलामै अग्रजहरु लाई सम्मान गरिने मगर समाजको अध्यक्ष दिलकुमारी राम्झालीले बताउनु भयो । उक्त मेलामा काठमाडौंमा बस्ने म्याग्दी बासी संगै विभिन्न जिल्लाका मानिसहरुको उपस्थिति रहने छ । मेला अवधिभर राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विविध सांस्कृतिक कार्यक्रमहरुको पनि अयोजना गरिएको छ ।


शनिबार देखि शुरु भएको मेलाको उद्घाटन शत्रमा म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष डिलकुमारी राम्जाली गर्बुजाको अध्यक्षता रहेको थियो भने मेलाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गनुभएको थियो । समाजका उपाध्यक्ष कमलराज पुनले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव मनबहादुर पुनले गर्नु भएको थियो भने कार्यक्रममा समाजका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष तुलप्रसाद पुनले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार