नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा,खेलाडी सम्मान तथा पुरस्कार वितरण (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक राजदाङ स्थित भीम मावि परिसरमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा ,खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देविस्थान ,घरिथोक पन्थोक पुख्र्यौली नाचो समुहले निर्माण गरेको सरस्वती मन्दिरको बिहिवार  जेष्ठ नागरिक हर्कबहादुर पुन मगर (हर्के)ले रिबन काटेर उद्घाटन गर्नुभयो ।

 

सोही अवसरमा राजदाङ घर भई हाल काठमाडौं निवासी समाजसेवी कमानसिङ पुनले मुर्ती,गजुर र घण्टी सहयोग गर्नुभएको छ । देविस्थान काठमाडौं समाजका कोषाध्यक्ष रहनुभएका पुन र उहाँका परिवारको सदस्यले यसअघि मन्दिर निर्माणमा समेत आर्थिक सहयोग गर्नुभएको थियो । बिहिबार नाचो समुहले पुख्र्याैली नाच,बाजा सहित प्राणप्रतिष्ठा गरिएको हो ।

देशविदेशमा रहेका देविस्थानबासीबाट संकलित करिब सात लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको नाचो समुहका अध्यक्ष मनप्रसाद पुन मगरले बताउनुभयो । स्थानीय समाजसेवी देविन्द्र पुन लगायत नाचो समुहको टोलीले सो मन्दिर निर्माणको लागि आर्थिक संकलन गर्नुभएको थियो । विद्यार्थीलाई पुजा गर्न सहज होस् भन्ने उद्धेश्यले मन्दिर निर्माण गरिएको अध्यक्ष पुन मगरले बताउनुभयो । उहाँले निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नाचो समुहले विद्यालयलाई वार्षिक आर्थिक सहयोग गर्दै आएको छ भने सडक निर्माण लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

सोही अवसरमा भीम माविमा कक्षा १–१० सम्मको दोस्रो त्रैमासिक परिक्षा तथा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।उक्त कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष निमबहादुर पुनले व्यानर पढेर उद्घाटन गर्नुभयो । यसैगरी गाउँपालिकाद्धारा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण,रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयका प्रअ डम्बर बहादुर घर्तीले बताउनुभयो ।

साथै समाजसेवी चन्द्रबहादुर पुनले दश हजार रुपैयाँ मुल्य बरारबरको शैक्षिक सामाग्री सहयोग गर्नुभयो । कार्यक्रममा वडा सदस्य सरिता सुनार,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुन,सहयोगदाता चन्द्रबहादुर पुन लगायतले बोल्नुभएको थियो । शिक्षक नरबहादुर विश्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक जगबहादुर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार