एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो ।

लामो समयदेखि प्यारालाइसेसबाट ग्रसित कौशिलाको कालिगण्डकी नदीमा धार्मिक विधि अनुसार अन्त्येष्टी गरिएको छ । अन्तेष्टीमा म्याग्दीका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु समेत पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय कौशिलाका चार छोरा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार