विकल्प तयार नभएसम्म सरकार परिवर्तन हुँदैन : सम्मानित नेता खनाल (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। पुर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ । पार्टीको भातृ सङगठन युवा सङ्घ नेपालका केन्द्रिय अध्यक्ष कृष्णकुमार विश्वकर्माकी आमाको श्रद्धाञ्जली सभामा शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा आउनुभएका नेता खनालले पत्रकारहरु सँगको संक्षिप्त कुराकानीमा यस्तो बताउनुभएको हो । नेता खनलाले विकल्पको आधार तयार नहुँदासम्म वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभयो ।

भिडिओ हेर्नुहाेस्…

 

‘‘वर्तमान सरकार परिवर्तन गर्नका लागि विकल्प तयार भइसकेको छैन,’’उहाँले भन्नुभयो,‘‘मेरो विचारमा एक जना व्यक्ती मात्र विकल्प नभएर सहि प्रगतिशिल निति,प्रगतिशिल योजना,बजेट र कार्यक्रम तथा प्रगतिशिल ऐन र कानुन लिएर आउने सरकारको विकल्प दिन सकेमा मात्र अहिलेको अवस्थामा नयाँ विकल्प हुन सक्छ ।’’ साथै उहाँले विकल्प खोज्न ढिलो भइसकेको बताउनुभयो ।वर्तमान सरकारले अपेक्षाकृत काम गर्न नसकेको उहाँको भनाइ छ । नेपालमा कम्युनिष्ट पार्टीहरु बिचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभयो ।

‘‘मुलुकमा कम्युनिष्ट पार्टीहरु बिचको एकता आजको अवस्थामा ऐतिहासिक आवश्यकता हो । तर,दुर्भाग्यको कुरा के छ भने कम्युनिष्ट नेताहरु नै अनेकतामा विभाजित भएका छन्,’’सम्मानित नेता खनालले भन्नुभयो । बामपन्थी एकता नभएसम्म देश अग्रगतितिर जान नसक्ने उहाँले बावी गर्नुभयो । एमाले सहितको कम्युनिष्ट पार्टीहरु विच एकता हुन आवश्यकता रहेको उहाँले बताउनुभयो । पार्टीको राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई व्यापक रुपमा अगाडी बढाउने बताउनुभयो । समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार