नेपाल समाजवादी म्याग्दीको अध्यक्षमा देबेन्द्र विक

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा देबेन्द्र बिक चयन भएका छन् । बिहिबार जिसस म्याग्दीमा भएको भेलाबाट उपाध्यक्ष भुपिन थापा, सचिव ससी सापकोटा, सहसचिव स्रिमन रसाइली, कोषाध्यक्ष याममायाँ विक सहित १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

सोही अवसरमा बेनी नगरपालिका प्रथम भेलाबाट अध्यक्षमा ससी विक, सचिव तारा सिन्जाली मगर सहित १७ सदस्यीय नगर समिति समेत गठन भएको पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य चित्र सापकोटाले बताए ।भेलाको उद्घाटन गदैं केन्द्रिय सदस्य सापकोटाले नयाँ नेपाल बनाउने भिजन भएका डा। बाबुराम भट्टराईको परिकल्पना अनुसार देशलाई अगाडी बढाउनुपर्ने बताएका थिए ।

जिल्ला भेलामा विशिष्ट अतिथि गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापा, केन्द्रिय सदस्य टिकाराम पौडेल,केन्द्रिय सदस्य देवि क्षत्री, दलित संगठनका केन्द्रिय सदस्य भक्त विक लगायतले बोलेका थिए । जिल्ला भेलाको अध्यक्षता बाबु केसी र स्वागत मन्तब्य सचिनान्द बिकले गरेका थिए । जिल्ला भेलाबाट संगठन निर्माण, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा निर्णय समेत भएको जिल्ला अध्यक्ष विकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार