पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा ५ लाख बढी सहयोग

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा ५ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्व विद्यार्थीहरुको सक्रीयतामा संकलन भएको रु. ५ लाख ४२ हजार ५१२ सहयोग गर्नुभएको हो ।

ताकम समाज अस्ट्रेलीयाले जुटाएको रु. १ लाख ८८ हजार ५१२ र नेपाली सहयोगी मनले जुटाएको रु. ३ लाख ५४ हजार हस्तान्तरण गरिएको हो । नेपाली सहयोगी मनका सचिव तथा ताकम समाज अस्टे«लीयाका सल्लाहकार तथा विद्यालयका पूर्व विद्यार्थी माधव सुवेदीलाई आइतबार विद्यालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगीहरुप्रति विद्यालयले धन्यवादन ज्ञापन गरेको छ । हेम माविको माध्यमिक तहमा २६ वर्ष गणित विषय अध्यापन गराएर वि.स. २०७५ मा गोल्डेन हेण्डचेकबाट अवकाश हुनुभएका घिमिरेको गत वर्ष निधन भएको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३०६ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० जना विद्यार्थीहरुलाई निशूल्क छात्रावासको सुविधा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार