म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)

बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी  सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम ,दित्तिय उपाध्यक्षमा अमृत बानियाँ,महासचिवमा नारायण जिसी,कोषाध्यक्षमा सुमन श्रेष्ठ ,सचीवमा मोतिलाल पौडेल, सहसचीवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ । सबै कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमिति पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत चोखालले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगीव्यवसायीको हकहित र उनिहरुको सुरक्षा ,संस्थाको गरिमा बढ्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । तीन वर्षे कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । तीन वर्षे कार्ययोजना अन्तर्गत जिल्लाको पर्यटन ,उत्पादन,कृषि ,जडिबुटी ,हाइड्रो र खानी लगायत क्षेत्रमा लगानी भित्र्याउन ,पुर्वाधार निर्माणमा आफु र उद्योग वाणिज्य संघले पहल थाल्ने बताउनुभयो । जिल्लामा बसाइँसराइ रोक्न र व्यवसायीलाई चलाएमान बनाउन समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार