नारी दिवसमा मगरदाङ आमा समुहलाई आर्थिक सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित मगरदाङमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी,प्रशिक्षण,विविध साँस्कृतिक तथा चेतनामुलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मगरदाङ आमा समुहको आयोजनामा उक्त कार्यक्रमहरु सम्पन्न भएको हो ।

 

यसैगरी सोही अवसरमा मगरदाङ घर भई हाल युेक निवासी समाजसेवी पदमबहादुर बुढाथोकी र उहाँकी श्रीमती उदिमा बुढाथोकीले स्वर्गिय दिदी यमसरा बुढा फगामी र स्वर्गीय दाजु रेशम बुढाको स्मृतिमा एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भने मगदरदाङ घर भई हाल युएईमा कार्यरत बेलबहादुर फगामीले पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको आमा समुहकी अध्यक्ष राजमति पुन बढाले जानकारी दिनुभयो । उहाँका अनुसार,सो एक लाख रुपैयाँ रकम आमा समुहले हरेक वर्ष बीस हजार रुपैयाँका दरले खर्च गर्न पाउनेछ । वडा अध्यक्ष मिम पुनले पनि चार थान दोसल्ला सहयोग गर्नुभएको छ । आमा समुह यस अघि पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । अध्यक्ष राजमति बुढा पुनले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य सरिता सुनार, निवर्तमान वडा अध्यक्ष पिपला बुढा,ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक अशोककुमार झा ,देविस्थान स्वास्थ्यचौकीकी सपना राना मगर,गौ बोम बस्त माविकी विद्यार्थी तिर्सना फगामी लगायतले बोल्नुभएको थियो । सचिव सुनिता पुनले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दिलमाया फगामीले स्वागत मन्तव्य राख्नुभएको थियो । भने गौबोम बस्त माविका शिक्षक चेतबहादुर जिटी,प्रहरी निरिक्षक झा ,प्रहरी हेमबहादुर बिक लगायतले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार