बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह विभिन्न कार्यक्रम सबै ठाउँमा मनाइएको बताउनुभयो ।

कार्यक्रमको पुर्वसन्ध्यामा ¥यालीले बजार परिक्रममा गरिएको थियो । कार्यक्रममा वित्तिय साक्षरताको महत्व ,पठजिटल बैंकिङको उपयोग ,बचत र विश्व वित्तिय सप्ताहको उद्धेश्य र बैंकर्स संघ म्याग्दीको आगामी योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बेनी सामुदायिक माविका विद्यार्थी ,वित्तिय संस्थाका सदस्यहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।सचिव रिजालले संचालन गर्नुभएको कार्यक्रममा बैंकर्स संका पदाधिकारीहरुले बोल्नुभएको थियो । म्याग्दीमा लघुवित्तिय संस्थाहरु १७ वटा सञ्चालनमा रहेका बैंकर्स संघ म्याग्दीका अध्यक्ष लक्षमण पाठकले जानकारी दिनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार