द्वन्द्वपीडितको अधिकार, परिपूरण तथा पुनर्निर्माणसम्बन्धी संवाद(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । बेनी आक्रमणको २० वर्ष पुगेको अवसरमा द्वन्द्वपीडितको अधिकार, परिपूरण र पुनर्निर्माण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको आयोजनामा गत बुधवार स्मरणमा बेनी आक्रमणको २०औं वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरेको थियो ।

भिडिओ हेर्नुहाेस्…

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गरेको कार्यक्रममा अधिवक्ता राम शर्माले बेनी आक्रमण तथा द्वन्द्वपीडितहरुको हक, अधिकार विषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज उषा घर्तीमगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भिडिओ हेर्नुहाेस्…

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ लगायतले प्यानल डिस्कशन गर्नुभएको कार्यक्रमको एड्भोकेसी फोरम नेपाल गण्डकी प्रदेशका संयोजक कुन्जनी परियार प्यासीले सहजीकरण गर्नुभएको थियो । द्वन्द्वपीडित अधिकार समाज म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता र सुरेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल (बिभीडब्लुएन)का अध्यक्ष सृजना श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरीक्षक मदन कुँबरसहित जिल्लास्थित विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख एवं प्रतिनिधि र द्वन्द्वपीडितहरुको उपस्थिति रहेको थियो । २०६० साल चैत ७ गते तत्कालीन विद्रोही पक्ष माओवादी र शाही नेपाली सेनाबीच भएको बेनी आक्रमणमा ठूलो धनजनको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार