म्याग्दीमा असिना–पानीले बाली नष्ट गरेपछि किसान चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।

त्यसैगरी असिना पानीले केराखेतीमा पनि असर गरेको कृषकको भनाइ छ । यसैगरी ,मालिका ,मंगला ,बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाका केही क्षेत्रमा पनि असिना पानी परिरहेको छ । खेतमा लगाएको बाली नष्ट भएपछि म्याग्दीका किसान चिन्तित छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भगवती ऋषिनचौतारीका किसान कृष्णप्रसाद शर्माले बताउनुभयो । ‘‘लामो समयसम्मको खडेरीका कारण हिउँदे बाली सुकेको थियो । त्यसमाथि असिना पानीले नाश गरेपछि थप समस्या भयो’’ उहाँले पीडा पोख्दै भन्नुभयो ।त्यस्तै सोमबार साँझ छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको बाँसखर्क ,लेखफाँट ,सालिजा लगायत क्षेत्रमा समेत भारी असिना पानी परिरहेको त्यहाँबाट युवराज अर्मजा मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार