एसईई परिक्षा सुरु,म्याग्दीमा १९ सय बढी विद्यार्थी सहभागी

  म्याग्दी न्युज संवाददाता

बेनी । विहिबारदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभर सुरु भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेबाट सुरू भएको परिक्षामा पहिलो दिन अंग्रेजी विषयको हुँदैछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्र छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसईई दिन लागेको बोर्डले जनाएको छ।बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्। देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ। आगामी २७ गतेसम्म परिक्षा सञ्चालन हुनेछ । सोही परिक्षा अन्तर्गत म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरु सहभागी हुँदैछन्। नियमित तर्फ १८ सय ४०,गे्डबृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो । जिल्लामा एसईई परीक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार