पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड (फोटोफिचर)

  धनिलाल गर्बुजा

मुस्ताङ । मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दशै अघिको सोमबार औसी तिथि पारेर दिवङ्गत पितृ रआफन्तहरुको नाममा पिण्डदान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीहरुको भीड लागेको हो । वर्षको अन्तिम महिना चैतेदसै र दसैको अगावै औंसीको दिनमा हुने सोह्रश्राद्ध विशेषगरी हिन्दु धर्मावलम्बीहरुको विशेष दिन हो ।

‘‘सोमबार कागबेनीमा बिहानैदेखि दिवंगत आफन्त र पितृहरुको नाममा पिण्डदान गर्ने हजारौं भक्तजनहरुको घुँइचो लागेको छ,’’कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो ,‘‘यहाँ पिण्ड तर्पण गरेपछि दिवंगत पितृहरुले मोक्ष पाउने जनविश्वास छ ।’’ कागबेनीमा पिण्डदान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तीनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको संगममा रहेको कागबेनीधाममा पिण्ड तर्पण गरेर मुक्तीनाथ दर्शन गरेमा मुक्ती पाउने जनविश्वास पनि रेहेको छ ।

पिण्डदान गरेर मुक्तीनाथ दर्शन गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–४,स्थित दर्मिजाबाट आउनुभएका तबहादुर पुनले बताउनुभयो । गत साल कागबेनी धाममा सोह्रश्राद्धको दिन यति धेरै भिडभाड थिएन । गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीले क्षती पु¥याएको कारण समस्या भएपनि व्यवस्थापन समितिले डोजरको प्रयोग गरेर श्रद्धालु भक्तजनलाई सहज बनाएको व्यवस्थापन समिति अध्यक्ष गुरुङको भनाइ छ । कागबेनी धामको पुनर्निर्माणका लागि स्थानीय सरकार सँगै प्रदेश र सङ्घ सरकारले तत्काल ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार