एमाले म्याग्दीकाे वडा तहमा अधिवेशन जारी

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन जारी छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमाले म्याग्दीले वडा तहको अधिवेशन गर्न थालेको हो ।अन्नपुर्ण गाउँपालिका–२,भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव चन्द्रकुमार फगामी र उपसचिव आशिष सिर्पाली रहनुभएको छ ।

त्यसैगरी वडा नम्बर ३ दानामा हस्त पुनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्ष तसबहादुर पुर्जा, सचिव देउबहादुर पुर्जा र उपसचिवमा कमला खत्री तथा ओलबहादुर रन्तीजा चयन हुनुभएको जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो।यसैरी बेनी नगरपालिका–१०, को दोश्रो वडा अधिवेशनबाट कृष्णबहादुर मल्लको अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्ष शान्त रोका, सचिव गोकुल शर्मा, उपसचिवमा हरि गर्बुजा र कृष्णकुमारी सापकोटा रहनु भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रोकाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर १ रत्नेचौरको अध्यक्षमा ताराप्रसाद थापा मगर, उपाध्यक्ष श्याम रोका मगर, सचिव मन्नु रावल, उपसचिवमा कल्पना थापा क्षेत्री र तुलबहादुर थापा रहेको २१ सदस्यीय वडा कमिटी गठन भएको एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।त्यस्तैगरी बेनी नगरपालिका–८, मा कोषानन्द आचार्यको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिव सुमन पौडेल, उपसचिवमा नरु थजाली र बिपिन श्रेष्ठ रहनुभएको २१ सदस्यीय कमिटि गठन भएको छ ।त्यस्तै वडा नम्बर ७ को अध्यक्षमा डम्बरबहादुर बानियाँ, उपाध्यक्षमा सुन्दर केसी, सचिव सर्मिला पुन, उपसचिवमा प्रेमबहादुर घिमिरे र विस्वु जिसी रहनुभएको नगर कमिटीका सचिव भोजबहादुर रिजालले जानकारी दिनुभयो ।

त्यसैगरी रघुगंगा गाउँपालिका–६,पाखापानीमा शमसेर पाइजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो । वडा कमिटीको उपाध्यक्षमा केशब पाइजा, सचिव धर्मकुमार राम्जाली, उपसचिव कुसुम विक र भक्तबहादुर छन्त्याल रहनुभएको छ ।

नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीका अनुसार वडा नम्बर ३ को अध्यक्षमा विष्णु भण्डारी, उपाध्यक्ष प्रेम केसी, सचिव तमबहादुर पुन, उपसचिवमा जितबहादुर भण्डारी र गंगादेवी पुन रहनुभएको छ । त्यस्तै वडा नम्बर २ को अध्यक्षमा गमप्रसाद विक, उपाध्यक्षमा अकप्रसाद विक, सचिव केशरबहादुर पुर्जा, उपसचिवमा मिमबहादुर पाइजा र गौमायाँ बिक रहनुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिका–४ को अध्यक्षमा नरसिंह घर्ती, उपाध्यक्ष रेशम पुन, सचिव भीमबहादुर गर्बुजा, उपसचिव नरबहादुर सुनार र सरदेवी पुन रहनु भएको छ ।

मालिका गाउँपालिका–७,बिमको वडा अधिवेशनबाट अध्यक्ष नविन पुन, उपाध्यक्ष सनमान जुगजाली, सचिव देउप्रसाद फगामी, उपसचिव धनसिंह शेरपुञ्जा र बिष्णु जुगजाली रहेको वडा कमिटी कमिटी गठन भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुले जानकारी दिनुभयो ।यसैगरी आइतबार धबलागिरी गाउँपालिका- ६, मराङमा  सम्पन्न  वडा अधिवेशनले जित गर्बुजाको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी गठन गरेको प्रचारप्रसार विभागका प्रमुख डिपी शर्माले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा केशनारायण बुदुजाको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा जीवन रामजाली,सचिव भीमप्रसाद पुन, उपसचिव दीपेश पुर्जा,गौमाया विक चयन हुनुभएको छ । भने रघुगंगा गाउँपालिका–३,वडाको दोश्रो अधिवेशनबाट निलकण्ठ सुवेदीको अध्यक्षतामा १९ सदस्यीय वडा इकाई कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा टिका सेन ,सचिवमा राम्जी शर्मा ,उपसचिवमा जितबहादुर खत्री र यशोधा सुवेदी चयन हुनुभएको छ । मंगला गाउपालिका वडा नम्बर ३ को अधिवेशनबाट कुलबहादुर थापाकाे अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी चयन गरिएकाे छ । उपाध्यक्षमा  चन्द्रदत्त साप्काेटा ,सचिवमा वीर बहादुर घर्ती  तथा उपसचिवमा अनिता राेका  र  सन बहादुर राेका चयन हुनुभएकाे छ ।

मालिका गाउँपालिका–३,को दोस्रो अधिवेशनबाट प्रेम बुढाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ। उपाध्यक्षमा बलबहादुर बुढाथोकी र सचिवमा शेरबहादुर बुढा लगायत पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको छ । जिल्लाका ४५ वडामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरी पार्टीलाई गतिशिल बनाउने जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । वडा तहको अधिवेशनमा प्रदेश देखि जिल्ला तहका नेताहरुलाई जिम्मेवारी प्रदान गरी कार्यक्षेत्रमा परिचालन गरिएको पार्टीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार