म्याग्दीमा मगरात सभ्यताको अध्ययन गरिदैं

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीमा मगर जातिको उत्पत्ती, दर्शन र मगराज सभ्यताको अध्ययन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा पहिलो चरणमा रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा अध्ययन गरिने मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,मगर बाहुल्यता जिल्ला म्याग्दीमा बैशाख १० गते रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानीबाट गरिने भएको छ । बैशाख १० गते पाखापानी पुग्ने टोलीले बैशाख ११ गते दरबार भग्नाबशेष, अन्तरक्रिया कार्यक्रम गर्ने छ । सोही दिन मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान, धवलागिरीको केन्द्र मुनामा १२ गते कार्यक्रम गर्ने बताइएको छ ।

नेपालमा जातिगत जनसङ्ख्या हिसाबले नेपालको तेस्रो ठूलो हो भने आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार