पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुबेदीले पत्रकारहरूको संस्थागत विकासमा केन्द्रित हुनुपर्ने भन्दै पत्रकारिताको क्षेत्रमा देखिएका समस्या समाधानमा पत्रकारको साझा धारणा हुनुपर्ने बताउनुभयो ।

पत्रकारिताको नाममा विभिन्न पेशाब्यवसायमा संलग्नहरू सक्रिय भएकाले बिशुद्ध पत्रकारितामा लागेकाहरुलाई मात्रै सदस्यता दिनुपर्ने र शुद्धिकरण अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो ।साधारणसभाको अवसरमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि कार्यान्वयन नभएको, सञ्चारगृह सञ्चालन, न्यू मिडियाको नाममा फेक समाचार, सामाजिक सञ्जालबाट हुने गलत गतिविधिको नियन्त्रण तथा पत्रकारिताको अवसर, चुनौती र देखिएका समस्या लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वयको आवश्यकता रहेको बताइएको थियो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराई लगायत महासंघका साधारण सदस्यको उपस्थिती रहेको साधारणसभाको अध्यक्षता अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम, आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमित विश्वकर्मा र प्रगति प्रतिवेदन सहित कार्यक्रमको सञ्चालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो । पत्रकार महासंघको गण्डकी प्रदेशका ११ जिल्लामा साधारणसभा गर्ने म्याग्दी पहिलो शाखा भएको छ ।कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम खड्का ,पुर्व अध्यक्ष तारानाथ शर्मा, फोनिज म्याग्दीका अध्यक्ष एवं महासंघ म्याग्दी शाखा सहसचिव साधन राम्जाली,प्रेस युनियन म्याग्दी अध्यक्ष राकेश शर्मा ,प्रेस सेन्टर म्याग्दी अध्यक्ष कमल खत्री ,प्रेस चौतारी म्याग्दी अध्यक्ष प्रताप बानियाँ,अग्रज पत्रकारहरु बालकृष्ण सुवेदी ,अजयमिलन श्रेष्ठ र सुवासकुमार श्रेष्ठ ,संचारिका समुह समुहकी अध्यक्ष देवी जिसी ,जनपत्रकार संगठन अध्यक्ष बादल शाही लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार