ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उहाँले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो ।मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदरको माग रिटमा गरिएको थियो । ६० सदस्य प्रदेश सभामा ३० जनाले मत दिँदा सभामुखले बहुमत पुगेको घोषणा गरेपछि उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो ।गत चैत २५ गते प्रदेशसभाका सभामुखसमेतलाई जोडेर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता अधिकारी नियुक्त हुनुभएकाे थियाे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार