गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

  म्याग्दी न्युज संवाददाता

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उहाँ पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

पाण्डेले शपथ पनि आजै लिने तयारी गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयले सबै तयारी पूरा गरिसकेको छ । पाण्डेले अब शपथ गरेपछि संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ १६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उहाँले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनुभएको हो । थापाले बुधबार नै शपथ लिनुहुनेछ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बन्नुभएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार