काठमाडौंबाट बेनी आउँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते

  म्याग्दी न्युज संवाददाता

पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा  आठ जना घाइते भएका छन् । बसमा १३ जना यात्रु सवार थिए ।घाइतेको उद्धार गरी उपचारका लागि पोखरा लगिएकाे छ ।

घाइते हुनेहरूमा जलजला गाउँपालिका वडा नम्बर ८ का बलबहादुर फगामी मगर ,म्याग्दीकाे मालिका गाउँपालिकाका ३९ वर्षिय टकबहादुर कामी ,साेही गाउँपालिका वडा नम्बर  १ निस्काेटका ४५ वर्षिय प्रेम पुन , मंगला गाउँपालिकाका ५७ वर्षिय तिलक शर्मा ,म्याग्दी जिल्ला घर बताउने २५ वर्षिय रञ्जना हमाल,मालिका गाउँपालिका वडा नम्बर ६ की १५ वर्षिया सबिता श्रीपाली ,मंगला गाउँपालिकाका ५७ वर्षिय हरि केसी  र मालिका गाउँपालिका  वडा नम्बर ६ का भिमसेन अधिकारी रहनुभएकाे छ ।

चालक बलबहादुर ,टकबहादुरकाे मणिपाल शिक्षणा अस्पतालमा उपचार भइरहेकाे छ। तिलक  र प्रेमकाे गण्डकी मेडिकल कलेजमा ,रञ्जनाकाे मणिपाल शिक्षण अस्पताल ,सबिताकाे गण्डकी,हरिकाे मणिपाल र भिमसेनकाे बेनी अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । घाइते मध्ये केहीकाे मध्यम र केहीकाे सामान्य अवस्था रहेकाे छ। हात,कुहिना,मुख ,कुम ,टाउकाे र कम्मरमा चाेट लागेकाे छ ।दुर्घटनाकाे कारणबारे  अनुसन्धान  भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस सडकबाट नालीमा खसेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार