ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोटमा संक्रमण कालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको आयोजनामा बुधबार अपाङ्गता भएका व्यक्तीहरु , परिवार र सरोकारवालानिकाय बिच अपाङ्गता समावेशी विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

वडा कार्यालयमा संचालित कार्यक्रमको वडा अध्यक्ष यामबहादुर क्षेत्रीले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष क्षेत्रीले अपाङ्गता भएका व्यक्तीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तीहरुको हकअधिकार स्थापित गर्न र समान व्यववहार प्रदान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तीको सवाललाई साझा सवालको रुपमा स्थापित गर्न सके मात्र अपाङ्गता समावेशी बिकास हुनेमा जोड दिइएको थियो ।

अपाङ्गता भएका व्यक्तीहरुलाई परिवार र समाजले विभेद नगरी समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भिमबहादुर रिजालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुले पनि समाजमा महत्त्वपूर्ण योगदान गरेको भएपनि स्थानीय सरकारले मुल्याङ्कन गर्न नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा द्वन्द्व पीडितहरुको रास्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले अपाङ्गता अधिकार सम्बन्धी महासन्धी ,र अपाङ्गता समावेशी बिकास सम्बन्धी अभिमुखिकरण गराउनुभएको भएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तीहरुको आवश्यकता फरकफरक हुने भयकोले उनिहरुको आवश्यकता, क्षमतालाई लािक्षत गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्वपीडितहरूलाई अधिकार सम्पन्न पीडितको हैसियतमा पहिचान गरेर उनिहरुका आवश्यकताहरुलाई मनन गर्ने र माग सम्बोधन गराउन सबैले दबाव दिनुपर्नेमा जोड दिनुभयो । वडा अपाङ्गता सञ्जााल अध्यक्ष मञ्जु केसीको घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा भित्रका ४० जना अपाङ्गता भएका व्यक्ती ,परिवार सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार